नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)
गोलनेपाल

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बनका कारण नेपाली टोलीले केही महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताहरु गुमाउने संघारमा पुगेको छ ।

एएफसीले एन्फालाई पठाएको पत्रअनुसार एन्फाको निलम्बन फुकुवा नभए नेपाली क्लब र राष्ट्रिय फुटबल टोलीहरुले केही महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागि हुन नपाउने जनाएको छ ।

पत्रमा उल्लेख भएअनुसार नेपालले एएफसी महिला च्याम्पियन्स लिग, एएफसी यु–१७ महिला एसियन कप छनौट र एएफसी यु–२० एसियन कप छनौट जस्ता प्रतियोगिताहरु गुमाउन सक्ने बताइएको छ ।

एएफसीले पठाएको पत्रमा एएफसी महिला च्याम्पियन्स लिगका लागि २९ जुन, यु–१७ महिला एसियन कप छनौटका लागि १३ जुलाई र यु–२० एसियन कप छनौटका लागि १ अगस्त सम्मको समयसिमा तोकिएको छ ।

जसअनुसार नेपालले एएफसी महिला च्याम्पियन्स लिगको समयसिमा गईसकेकाले त्यसमा खेल्न नपाउने निश्चित भएको छ भने यु–१७ महिला एसियन कप छनौट र यु–२० एसियन कप छनौट खेल्ने अवसरबाट बञ्चित हुनुपर्ने त्रास पनि बढेको छ ।

फिफाले एन्फामाथि गत जुन २४ तारीखका दिन अर्को सूचना जारी नहुँदासम्मका लागि प्रतिवन्ध लगाएको थियो । एएफसीले भने एन्फामाथिको त्यो प्रतिवन्ध फुकुवा नभए पत्रमा उल्लेखित प्रतियोगिताबाट पनि नेपाल बाहिरिने स्पष्ट पारेको छ ।

एएफसीले एन्फालाई पठाएको पत्र पनि हेर्नुहोसः

 

Post Comments