आयोजक मायादेवी सेमिफाइनलमा प्रवेश
सुरज राना मगर

बसडिलवा । आयोजक मायादेवी युवा क्लब यहाँ जारी प्रथम मायादेवी कप खुला सिक्स ए साईड नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिलो क्वाटरफाइनलतर्फ मायादेवीले न्यु मिलन युवा क्लबलाई २–० ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । मायादेवीको जितमा सन्दिप चौधरी र सन्जु सेन ठकुरीले गोल गरे ।

मायादेवी युवा क्लब, मायादेवी गाउँपालिका–८, बसडिलवाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले १५ हजारसहित ट्रफी, मेडल प्राप्त गर्नेृ खेल संयोजक गणेश शाही ठकुरीले जानकारी दिए ।

मायादेवी गाउँपालिकासहित मायादेवी वार्ड नम्बर ८ को कार्यालय, मायादेवी ब्रेस्ट केयर सेन्टर, रुपन्देही, होटल यात्री, भैरहवा, एक्सपर्ट ऐजुकेशन, भैरहवा, फ्युचर लाईट इङलिस स्कुल, रुपन्देही तथा किंग्स क्याफे, भैरहवाको विशेष सहयोग र प्रायोजन रहेको प्रतियोगिताको विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो । फाइनल खेल आउँदो असार २८ गतेका दिन हुनेछ ।

Post Comments