
काठमाडौ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा बेल्जियमका अनुभवी प्याट्रीक डि विल्डे नियुक्त भएका छन ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्याट्रीकको नियुक्तिबारे पनि आधिकारिक रुपमा घोषणा गरेको छ । बिहीबार एक कार्यक्रमका बीच प्याट्रीक र एन्फा महासचिव किरन राईले सम्झौतापत्रमा हस्ताक्षर समेत गरे ।
योसँगै प्याट्रीक नेपाली राष्ट्रिय महिला फुटबल टोलीको जिम्मेवारी सम्हाल्ने पहिलो प्रो लाइसेन्स विदेशी प्रशिक्षक समेत बनेका छन ।
प्याट्रीकले गत सिजनको नेपाल सुपर लिगतर्फ काठमाडौ रेजर्सको जिम्मेवारी समेत सम्हालेका थिए । त्यसो त उनले नेपाल आउनु अघि सोमालिया र रुवान्डाको राष्ट्रिय टोली, चीनको यु-२३ टोली तथा अल्जेरिया र हंगेरीको सहायक प्रशिक्षकका रूपमा काम गरिसकेका छन् ।
प्याट्रीकको आगमनले नेपाली महिला फुटबल मानसिक र प्राविधिक रुपमा थप बालियो र उत्कृष्ट बन्ने विश्वास गरिएको छ ।