ANFA सुनवल मेयर कपः वार्ड नम्बर १३ क्वाटरफाइनलमा
सुरज राना मगर

सुनवल । साँघुरो अन्तरको जितका साथ वार्ड नम्बर १३ यहाँ जारी आठौं सुनवल मेयर कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सुनवल–७ स्थित स्थानीय खेलमैदानमा भएको खेलमा वार्ड नम्बर १३ ले वार्ड नम्बर ५ लाई १–० ले हराउँदै अन्तिम आठमा प्रवेश गरेको हो । वार्ड नम्बर १३ को जितमा कप्तान बेदनाथ भट्टराईले एक मात्र निर्णायक गोल गरे ।

वार्ड नम्बर १३ का निर्णायक गोलकर्ता बेदनाथ भट्टराई नै खेलको म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत बैशाख २७ गते शनिबारको अन्तिम प्रिक्वाटरफाइनल खेल वार्ड नम्बर ९ र वार्ड नम्बर २ बीच हुने खेल संयोजक प्रकाश बाह्रघरेले जानकारी दिए ।

सुनवल नगरपालिका, नवलपरासीको आयोजना तथा आठौं मेयर कप सञ्चालन एवम् व्यवस्थापन समितिको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ९० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल आउँदो जेठ ४ गतेका दिन हुनेछ ।

Post Comments