टुसालको महत्वपूर्ण जित

काठमाडौं । शहिदर स्मारक बी डिभिजन लिगतर्फ मंगलबार भएको दोस्रो खेलमा टुसाल युथ क्लबले महत्वपूर्ण जित हात पार्दै रेलिगेशन क्षेत्र छाडेको छ । आफ्नो दशौं खेलमा टुसालले नयाँबस्ती युथ क्लबमाथि २–१ को रोमाञ्चक जित निकाल्दै रेलिगेशन क्षेत्र छाडेको हो ।
टुसालको जितमा दिपेश लिम्बु र बिनोद नेम्बाङले गोल गरे । पराजित नयाँबस्तीका लागि भने श्रीकृष्ण तामाङले पेनाल्टीमार्फत एक मात्र गोल फर्काएका थिए । यो जितसँगै टुसाल १० खेलबाट १० अंक जोड्दै लिगतालिकाको दशौं स्थानमा उक्लेको छ । पराजित नयाँवस्ती भने ८ अंकका साथ १२औं स्थानमा झरेको छ ।
Post Comments