काठमाडौं । आउँदो साफ यु–१९ च्याम्पियनसिपका लागि बन्द प्रशिक्षणमा रहेका युथ क्याम्पबाट नेपालको राष्ट्रिय यु–१९ फुटबल टोलीको फाइनल स्क्वाड घोषणा गरिएको छ ।
आउँदो मई ९ देखि १८ तारीखसम्म भारतमा हुन गईरहेको साफ यु–१९ च्याम्पियनसिपका लागि नेपाली युथ टोलीको फाइनल स्कवाड आइतबार घोषणा गरिएको हो ।
प्रतियोगिता अनतर्गत समूह बी मा परेको नेपालले भारत र श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै समूह ए मा भने माल्दिभ्स, भुटान र बंगलादेश छन् । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
यस्तो छ नेपालको यु–१९ फाइनल स्कवाडः
गोलरक्षकः भक्त बहादुर परियार, उपेन्द्र ल्वागुन, बिशेष बानियाँ
डिफेन्डर्सः रोशन तामाङ, रोहन मोक्तान, प्रशान्त मोक्तान, कुशाहाङ नेम्वाङ, मदन पौडेल, राम थापा, बिजय उर्वा, सिद्धान्त खड्का
मिडफिल्डरः कृष्ण बहादुर आले, कृष थापा मगर, सरोज दर्लामी, लक्षु थापा, सबिन कुमार लुङ्गेली, रन्जित लामा, सुबास बम, विज्ञान खड्का
फरवार्डसः पवन पाख्रिन, धर्वेन्द्र कुँवर, सुजन डंगोल, प्रसुन तामाङ
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान