
बाहुनडाँगी (झापा) । टाइब्रेकरमा भाग्यमानी बन्दै आयोजक बाहुनडाँगी युवा क्लब यहाँ जारी विद्या विकास एकाडेमी प्रथम बाहुनडाँगी च्यालेञ्ज कप २०८२ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
स्थानीय सरस्वती माविको मैदानमा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा पाहुना टोली रथखोला फुटबल एकाडेमी नक्सालबाडी (भारत)लाई टाइब्रेकरमा ५-४ गोलअन्तरले पराजित गर्दै आयोजकले अन्तिम चारमा स्थान बनाएको हो ।
निर्धारित ८० मिनेटको समयमा दुवै टोलीले गोलरहित बरारबरी खेलेपछि टाइब्रेकरबाट निर्णय लिइएको हो । टाइब्रेकरमा रथखोलाका अमनको प्रहार आयोजकका गोलरक्षक अभिषेक लिम्बूले रोकेपछि जित सुनिश्चित बनेको थियो ।
टाइब्रेकरमा रथखोलाका कप्तान अनमोल, सदिश, श्रृजल र गोलरक्षक राजीवको प्रहारमात्र गोलमा परिणत भएको थियो भने आयोजकका लागि हेमन लिम्बू, विप्लव श्रेष्ठ, जोन विष्ट, किस्मत लिम्बू र नितेश राईको प्रहार गोल भएको थियो ।
खेलमो प्लेयर अफ दी म्याच आयोजकका गोलरक्षक अभिषेक लिम्बू भए । उनलाई झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, आयोजक क्लबका अध्यक्ष राजीव मोतेले नगद २ हजार प्रदान गरे ।
भोलि पहिलो सेमिफाइनल खेल शनिश्चरे एफसी झापा र रेडहर्ष एफसी इलामबीच हुनेछ । विद्या विकास एकाडेमी मुख्य प्रायोजक रहेको प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार र ट्रफी पाउने छ । बाहुनडाँगी युवा क्लबको आयोजनामा भएको प्रतियोगिताको उपविजेताले नगद ६१ हजार पाउने छ ।
- मकवानपुर महिला गोल्डकपको तयारी पूरा, सर्वोत्कृष्ट खेलाडीले स्कुटर पाउने
- दिव्य स्पोर्टस एकेडेमीलाई नागस्वती युथ कपको उपाधि
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै