
सालझण्डी । दि लिजेण्डस भेट्रान्स रुपन्देहीमा जारी प्रथम विश्व शान्ति भेट्रान्स कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ ।
मंगलबार भएको तेस्रो क्वाटरफाइनलतर्फ दि लिजेण्डसले भड्छा भेट्रान्सलाई २–० ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । दि लिजेण्डसको जितमा रबिन थापा र सुमित श्रेष्ठले गोल गरे ।
खेलको म्यान अफ दि म्याच पनि दि लिजेण्डस कै काजिमान गुरुङ्ग घोषित भए । प्रतियोगिता अन्तर्गत बैशाख १७ गते बुधबारको अन्तिम क्वाटरफाइनल खेल गुड मर्निङ्ग भेट्रान्स र फर्साटिकर भेट्रान्स बीच हुने खेल संयोजक ओम छन्त्यालले जानकारी दिए ।
विश्व शान्ति युवा क्लब, सैनामैना–१०, सालझण्डीको आयोजना तथा सैनामैना नगरपालिका वार्ड नम्बर १० को कार्यालय संरक्षक रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले २५,५०० प्राप्त गर्नेछ । फाइनल खेल यही बैशाख २० गतेका दिन हुनेछ ।