तेस्रो गैडहवा अध्यक्ष कपको तयारी पूरा (खेलतालिकासहित)
सुरज राना मगर

देवीनगर । न्यु एभरेष्ट युवा क्लब, गैडहवा–८, देवीनगर, रुपन्देहीको आयोजनामा हुन गईरहेको तेस्रो गैडहवा अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

गैडहवा–८, देवीनगर स्थित आयोजक क्लब कै खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा बैशाख १३ गतेका दिन आयोजक न्यु एभरेष्ट युवा क्लब, गैडहवा र इभोलुशन क्लब अफ बुटवल, तामनगर भिड्ने छन् । रुपन्देही, नवलपरासी र कपिलवस्तुका गरी कुल ८ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल बैशाख २० गतेका दिन हुनेछ ।

गैडहवा गाउँपालिका, विष्णुपुरा, रुपन्देही संरक्षक रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,१०,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०५,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

 

Post Comments