ANFA फ्रिडम र जोरपाटी क्वाटरफाइनलमा
गोलनेपाल

काठमाडौं । फ्रिडम ‘ए’ र जोरपाटी तेश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

चावहिल खेल मैदानमा विकर्ण श्रेष्ठको ह्याट्रिक मद्दतमा फ्रिडम ‘ए’ ले सिन्धु भेट्रानलाई ५–२ गोलले पराजित गर्यो । सिन्धुका शम्भु श्रेष्ठ र रोम प्रधानले समान १–१ गोल गरे । त्यस्तै जोरपाटीले तकामी भेट्रानलाई ३–० गोलले हरायो । जोरपाटीका रन्जित लामा, राकेश लामा र इन्द्र लामाले समान १–१ गोल गरे ।

काठमाडौं महानगरपालिका वडा ७ द्वारा आयोजित प्रतियोगितामा सरस्वतीनगर भेट्रान र सानोगौचरण नाइट किङ क्लब प्रिक्वाटरफाइनलमा पुगे ।

सरस्वतीनगरले जोन टेन टेनलाई ९–१ को विशाल गोलअन्तरले पाखा लगायो । सरस्वतीनगरका सुन्दर नेपालले ५ तथा शशि रिमाल, सुनिल सुवेदी, सुदीप केसी र युवराज भुजेलले समान १–१ गोल गरे । जोनका लागि राज थापाले सान्त्वना गोल गरे ।

सानोगौचरणले सजन स्मृति युथ क्लब, चावहिललाई टाइब्रेकरमा ३–१ ले पन्छायो । निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएपछि निर्णय सीधै पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

Post Comments