ANFA
फराकिलो जितसहित रेड हर्स सेमिफाइनलमा
बेलबारी । प्रथम कोशी प्रदेश स्तरीय पुरुष फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा रेड हर्स एफसी इलामले राष्ट्रिय जागृति क्लब, इटहरी लाई ६–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
मोरङको बेलबारीस्थित प्रस्तावित बेलबारी फुटबल रंगशालामा सम्पन्न खेलमा रेड हर्स एफसी इलामका लागि सन्देश खवास ले दुई गोल गरे। यस्तै हितेन सुहाङ, रोमन भुजेल, हेमन लिम्बू र डिक्सन राई ले समान एक–एक गोल थपे।
पहिलो हाफमै ४–० को अग्रता बनाएको रेड हर्स एफसी इलामले दोस्रो हाफमा थप दुई गोल गर्दै एकतर्फी ६–० को शानदार जित निकालेको हो।खेलको प्लेयर अफ द म्याच रेड हर्स एफसी इलामका हेमन लिम्बू घोषित भए।
प्रतियोगिता अन्तर्गत भोलि हुने खेलमा सम्राट स्पोर्टिङ क्लब ले बिर्तामोड युनाइटेड क्लब, झापा सँग प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगिताको विजेताले नगद रु. २ लाख र उपविजेताले नगद रु. १ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
Post Comments
Related News