News
उज्वेकिस्तान पहिलोपटक फिफा विश्वकपका लागि छ्नौट
काठमाडौ । एसियाली राष्ट्र उज्वेकिस्तान पहिलोपटक ऎतिहासिक रुपमा फिफा विश्वकपका लागि छ्नौट भएको छ ।
जारी विश्वकपको तेस्रो चरणको एसियाली छ्नौट प्रतियोगितातर्फ उज्वेकिस्तानले समूह ए तर्फ आफ्नो नवौं खेलमा बिहीबार युएईसँग गोलरहित बराबरी खेलेपछी फिफा विश्वकपको टिकट पक्का गरेको हो ।
समूह ए बाट ८ खेलमा २० अंक जोडेको इरान यसअघि नै विश्वकपका लागि छ्नौट भईसकेको छ । त्यस्तै ९ खेलबाट १८ अंक जोड्दै दोस्रो स्थानमा रहेको उज्वेकिस्तान समूह ए बाट विश्वकपका लागि सोझै छ्नौट हुने दोस्रो टोली बन्यो ।
उज्वेकिस्तानसँग बराबरी खेलेको युएई भने १४ अंकका साथ तेस्रो स्थानमा छ । युएईको चौथो चरणमा प्रवेश गरेर विश्वकपमा छ्नौट हुने सम्भवना भने कायम छ ।
समूह ए मा यी तीन टोलीहरु बाहेक कतार, किर्गिस्तान र उतर कोरिया पनि छन ।
Post Comments
Related News
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट