बगान युथ क्लब सेमिफाइनलमा
रमेश समदर्शी

जलथल (झापा) । झापाको जलथलमा जारी दोस्रो हल्दिबारी गाउँपालिका मिनी कप फुटबल प्रतियोगिताको सेमी समिकरण पूरा भएको छ ।

शान्ति सामुदायिक वन उपभोक्ता समूहको खेलमैदानमा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा दमकको चात्या सा एफसीमाथि शानदार जित दर्ता गर्दै कचनकवलको बगान युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

कचनकवलले ४-१ गोलअन्तरको नतिजामा दमकमाथि जित निकालेको हो । कचनकवलको जितमा आशिष चापागाईं र विशाल दर्जीले समान २२ गोल गरे भने दमकका रोशन धिमालले सान्त्वना गोल फर्काए ।

खेलको प्लेयर अफ दी म्याच कचनकवलका रक्षक विशाल दर्जी भए । उनले नगद २ हजार प्राप्त गरे । भोलि बुधबार पहिलो सेमिफाइनल खेल भाउन्ने युथ क्लब मोरङ र बुट्टाबारी युनाइटेड एफसीबीच हुनेछ ।

Post Comments