International रोनाल्डो निर्णायक बन्दा पोर्चुगल फाइनलमा
गोलनेपाल

काठमाडौ (एजेन्सी) । स्टार फरवार्ड क्रीस्टियानो रोनाल्डो निर्णायक बनेपछी पोर्चुगल जारी युइएफए नेशन्स लिगको फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।

बिहीबार अबेर राती सम्पन्न पहिलो सेमिफाइनलतर्फ पोर्चुगलले जर्मनीलाई उसकै घरेलु मैदानमा २-१ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

म्युनिख शहर स्थित आलियान्ज एरिनामा भएको खेलको ४८औं मिनेटमा फ्लोरियन विर्जको गोलबाट जर्मनीले खेलमा अग्रता बनाएको थियो ।

तर, खेलको ६३औं मिनेटमा फ्रान्चिस्को फर्नान्डेजले पोर्चुगलका लागि बराबरी गोल फर्काए भने ६८औं मिनेटमा रोनाल्डोले दोस्रो तथा निर्णायक गोल गर्दै टोलीलाई उपाधी नजिक समेत पुर्याए ।

४० वर्षे रोनाल्डोको यो करियरको ९३७औं र देशका लागि १३७औं गोल समेत थियो ।

पोर्चुगलले अब शुक्रबार अबेर राती हुने दोस्रो सेमिफाइनलतर्फ स्पेन र फ्रान्स बीचको विजेतासँग फाइनल खेल्नेछ । फाइनल म्युनिख मै जुन ८ तारीखका दिन हुनेछ ।

Post Comments