AFC/FIFA एएफसी यु–१७ एसियन कपः उज्वेकिस्तान आयोजक साउदी क्वाटरफाइनलमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । लगातार दुई जित निकाल्दै उज्वेकिस्तान र आयोजक साउदी अरेबिया जारी एएफसी यु–१७ एसियन कपको नकआउट चरणमा प्रवेश गरेका छन् । नकआउट चरणमा प्रवेश गरेसँगै उज्वेकिस्तान र साउदी यसै वर्ष हुने फिफा यु–१७ विश्वकपका लागि पनि छनौट भएका छन् ।

समूह ए तर्फ आफ्नो दोस्रो खेलमा उज्वेकिस्तानले चीनलाई २–१ ले हराउँदा साउदी अरेबियाले थाइल्याण्डमाथि ३–१ को जित निकाल्यो र एक खेल अगावै नकआउट चरणमा प्रवेश गर्न सफल भयो ।

यो नतिजापछि २ खेलबाट समान ६–६ अंक जोडेका उज्वेकिस्तान र साउदी अरेबिया समूह ए को पहिलो र दोस्रो स्थानमा छन् । अंकविहीन चीन र थाइल्याण्ड भने तेस्रो र चौथो स्थानमा छन् । समूह चरणको अन्तिम खेलमा ९ अप्रिलका लागि थाइल्याण्ड र चीन भिड्ने छन् भने सोही दिन उज्वेकिस्तान र साउदी अरेबिया भिड्ने छन् । जुन खेलको नतिजाले समूह ए को विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

Post Comments