AFC/FIFA
एएफसी यु–२३ एसियन कपः जापान र भियतनाम सेमिफाइनलमा
काठमाडौं (एजेन्सी) । साविक विजेता जापान र भियतनाम जारी एएफसी यु–२३ एसियन कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने शुरुवाती दुई टोलीहरु बनेका छन ।
साउदी अरेबियाको जेद्दाह शहरमा भएको पहिलो क्वाटरफाइनलमा जापानले जोर्डनलाई पेनाल्टी शुटआउटमा हराउँदै अन्तिम चारमा स्थान बनायो । निर्धारित समयको खेल र थपिएको अतिरिक्त समयको खेलमा पनि १–१ को बराबरी नतिजा निस्किएपछि पेनाल्टी शुटआउटमा जापानले ४–२ ले नतिजा आफ्नो पक्षमा पारेको हो ।
त्यस्तै जेद्दाह मै भएको दोस्रो क्वाटरफाइनलमा भियतनामले युएईलाई ३–२ ले हरायो । यी दुई टोलीबीचको निर्धारित समयको खेल पनि रोमाञ्चक २–२ को बराबरीमा टुंगिएपछि अतिरिक्त समयमा भियतनामले नतिजा आफ्नो पक्षमा पारेको हो ।
Post Comments
Related News
- मझिया स्मृति कप महिला फुटबल : पदमा स्पोर्ट्सको ७–० को शानदार जित, सिम्रनको चार गोल
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु
- होराइजन र कान्ति फाइनलमा भिड्ने
- होराइजन, सुनगाभा, ग्यालेक्सी र कान्ति सेमिफाइनलमा