South Asia
श्रीलंकासँग चाइनिज ताइपेई पराजित

काठमाडौं (एजेन्सी) । एएफसी एसियन कप छनौटतर्फ पछिल्लो समय सुन्दर लयमा रहेको श्रीलंकाले मंगलबार पहिलो र महत्वपूर्ण जित हात पारेको छ । छनोट प्रतियोगिताको समूह डी मा रहेको २००औं स्थानको श्रीलंकाले १६६औं स्थानमा रहेको चाइनिज ताइपेईलाई ३–१ ले हरायो ।
श्रीलंकाले आफ्नो पहिलो खेलमा पनि बलियो थाइल्याण्डसँग उसकै घरमा १–० को सम्मानजनक हार बेहोरेको थियो । यो नतिजापछि २ खेलबाट ३ अंक जोडेको श्रीलंका अंकतालिकाको तेस्रो स्थानमा छ । एक खेल कम खेलेको थाइल्याण्ड र तुर्कमेनिस्तान क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । अंकविहीन ताइपेई भने पुछारमा छ ।
Post Comments
Related News
- तेह्रथुमकी सेमिहाङमा साफ गेम खेल्न बंगालादेश जॉदै
- केलाङ मेला तेह्रथुमको उपाधि चुलाचुली स्पोर्टिङ क्लब दमक झापालाई
- केलाङ मेला तेह्रथुमः उपाधिका लागि चुलाचुली र सम्दुको भिडन्त पक्का
- चुलाचुली स्पोर्टिङ झापा तेह्रथुममा जारी केलाङ मेलाको उपाधि नजिक
- तेह्रथुम जलजलेः सेमिफाइनल खेल्ने चार टोलीकै टुङगो लाग्यो