एसियन कप छनौट: टिमोर लिस्टेसँग माल्दिभ्स स्तब्ध

काठमाडौ । एएफसी एसियन कप तेस्रो चरणको छ्नौट प्रतियोगितातर्फ दक्षिण एसियाली राष्ट्र माल्दिभ्सले स्तब्धपुर्ण हार बेहोरेको छ ।
अष्ट्रेलियाको डार्विनमा भएको समूह ए तर्फको आफ्नो दोस्रो खेलमा १६४औं वरियताको माल्दिभ्सले १९७औं वरियताको टिमोर लिस्टेसँग ०-१ को हार बेहोरेको हो ।
यसअघि समूह चरणको आफ्नो पहिलो खेलमा टिमोर लिस्टेले ताजिकिस्तानसँग ०-१ को हार बेहोर्दा माल्दिभ्सले फिलिपिन्ससँग १-४ को पराजय बेहोरेको थियो ।
यो नतिजापछी २/२ खेलबाट ३ अंक जोडेको टिमोर लिस्टे समूह ए को तेस्रो स्थानमा रहँदा अंकविहीन माल्दिभ्स पुछारमा छ । त्यस्तै समान १/१ खेलबाट ३/३ आंक जोडेका ताजिकिस्तान र फिलिपिन्स क्रमशः पहिलो र दोस्रो स्थानमा छन ।
Post Comments