Province 1
धनकुटाको साँगुरीगढीमा बैशाख १७ गतेदेखि चौथो डाँडाबजार गोल्डकप हुने

धनकुटाको साँगुरीगढीमा आगामी बैशाख १७ गतेदेखि चौथो डाँडाबजार गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ।
डाँडाबजार फुटबल क्लबको आयोजनामा, साँगुरीगढी गाउँपालिकाको सहयोग र जंगबहादुर थापा स्मृतीकोष तथा डाँडाबजार ब्रदरहुडको प्रयोजनमा उक्त प्रतियोगिता आयोजना हुने जानकारी प्राप्त भएको छ।
‘डाँडाबजारको सान : खेलकुद तथा पर्यटन’ भन्ने नाराका साथ प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगितामा धनकुटा, सुनसरी र मोरङ्गका आठ टिम सहभागी हुने छन्। आयोजक संस्थाका अध्यक्ष राजकुमार थेगिम लिम्बुले यसबारे जानकारी दिएका छन्।
प्रतियोगितामा विजेता टोलीले नगद ३ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले २ लाख ५५ हजार नगद प्राप्त गर्नेछ। साथै, दुबै टोलीले मेडल र प्रमाणपत्र पनि प्राप्त गर्नेछन्। प्रतियोगिता बैसाख २० गते सम्पन्न हुने आयोजकले जनाएको छ।
Post Comments