पश्चिम रुकुम चौरजहारीमा दोस्रो शीतल चौरजहारी B-67 फुटबल प्रतियोगिता भव्यताका साथ सुरु
पश्चिम रुकुम। शीतल चौरजहारी नगरपालिका वडा नं २ रुकुम पश्चिम जिल्ला कर्णाली प्रदेशमा दोस्रो शीतल चौरजहारी B-67 कप फुटबल प्रतियोगिता बुधबार औपचारिक कार्यक्रम सहित भव्यताका साथ सुरुवात भएको हो। विक्रम सम्वत २०६७ सालमा शीतल चौरजहारी रुकुमका एसएलसी दिएका विद्यार्थीहरूले पुनः एकजुट हुँदै आयोजना गरेको यस प्रतियोगिताको नामाकरण नै शीतल चौरजहारी B-67 कप राखिएको छ।
कर्णाली प्रदेश खेलकुद परिषदका सदस्य सचिव रविन चन्द ठकुरी ज्युको गरिमामय उपस्थितिमा उक्त प्रतियोगिताको समुद्घाटन भएसँगै प्रतियोगिताका औपचारिक खेलहरु भने बिहिबारबाट सञ्चालनमा आउनेछन्। प्रतियोगितामा कुल १० टोलीहरूको सहभागिता रहेको छ।
प्रतियोगिताको विजेताले नगद रु.२ लाख ३० हजार १६७ रुपैयाँ सहित आकर्षक ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता हुने टोलीले नगद रु.१ लाख ३० हजार १६७ रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको समापन भने कार्तिक १६ गते हुनेछ।
Post Comments