News
बिर्तामोड युनाइटेड फाइनलमा प्रवेश, मौसम सुब्बाको ह्याट्रिक

१२ औं गोर्खा रारा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा बिर्तामोड युनाइटेड फाइनलमा प्रवेश गर्न सफल भएको छ।
चौबिसे गाउँपालिकास्थित पुन्य माविको खेलमैदानमा आज सम्पन्न खेलमा बिर्तामोडले गोल्डेन स्टारलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो।
बिर्तामोडको जितमा मौसम सुब्बाले ह्याट्रिक गरे भने एक गोल आर्यन राईले जोडे। उता पराजित टिम गोल्डेन स्टारका लागि एकमात्र सान्त्वना गोल सबिन घिमिरेले गरे।
उत्कृष्ट प्रदर्शन गरेका बिर्तामोडका मौसम सुब्बा खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए।
प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल भोलि एलएक्स सिटी एफसी बेलबारी र चर्च ब्वाइज बीच हुनेछ।
१२ औं गोर्खा रारा गोल्डकपको विजेताले ७ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख रुपैयाँ हात पार्नेछन्।
Post Comments
Related News
- रेफ्री मल्लिकमाथिको प्रतिवन्ध फुकुवा (पत्रसहित)
- बिर्तामोड युनाइटेड एफसी १२औँ रारा गोल्डकपको च्याम्पियन
- एलएक्स सिटी एफसी १२औं गोरखा रारा गोल्डकपको फाइनलमा
- १२ औं रारा गोल्डकपमा चर्च ब्वाइज क्लब सेमिफाइनलमा प्रवेश
- १२ औं रारा गोल्डकप: डिफेन्डिङ च्याम्पियन सहलेस पेनाल्टीमा पराजित, बिर्तामोड युनाइटेड सेमिफाइनलमा