
झापाको बिर्तामोड युनाइटेड एफसी धनकुटाको राजारानीमा आयोजित १२औँ रारा गोल्डकपको च्याम्पियन बनेको छ ।
मोरङ बेलबारीको एलएक्स सिटी एफसीलाई २-१ गोलले पराजित गर्दै बिर्तामोड युनाइटेड १२औँ संस्करणको विजेता बनेको हो ।
बिर्तामोडका लागि दुवै गोल आशिष चापागाईंले गरेका हुन् । एलएक्स सिटीका लागि खेलको अन्तिम सेकेण्डमा अनुज गैरेले सान्त्वना गोल गरे । एकोहोरो दबाब सिर्जना गरेको अवस्थामा बिर्तामोडका आशिष चापागाईले पहिलो गोल खेलको ४२औँ मिनेटमा गरेका हुन् । करिब ३५ यार्डको दूरीबाट प्रहार गरेको बल सिधै गोलमा परिणत भएको थियो । यसैगरी, दोस्रो गोल खेलको ७६औँ मिनेटमा विपक्षीको बक्समा पाएको क्रस पासमा आशिषले गोल गरेका हुन् । खेलको अन्त्यमा एलएक्स सिटीले गोल फर्काए पनि टिम खेलमा फर्कन पर्याप्त समय थिएन ।
खेलकाे प्लेयर अफ दी म्याच बिर्तामाेडका आशिष चापागाइँ भए । उनले नगद ७ हजार ५ सय र ट्रफी प्राप्त गरे । उत्कृष्ट गाेलरक्षक बिर्तामाेडकै अभिषेक बराल भए । अभिषेक बरालले नगद १० हजार प्राप्त गरे । यसैगरी, उदीयमान खेलाडी रारा एफसीका प्रतिक मगर भए । सर्वाधिक गाेलकर्ता बिर्तामाेडका माैसम लिम्बू भए । उनीहरूले जनही १०-१० हजार प्राप्त गरे ।
गाेल्डकपकाे सर्वाेत्कृष्ट खेलाडी एलएक्स सिटी माेरङका देवेन्द्र तामाङ भए । उनले नगद २५ हजार पाए ।
राजारानी एफसी धनकुटाले आयोजना गरेको गोल्डकपको विजेता बिर्तामोड युनाइटेडले नगद ७ लाख र आकर्षक ट्रफी पाउँदा उपविजेतामा समेटिएको एलएक्स सिटी बेलबारीले नगद ३ लाखमा चित्त बुझाएको छ ।
- एलएक्स सिटी एफसी १२औं गोरखा रारा गोल्डकपको फाइनलमा
- बिर्तामोड युनाइटेड फाइनलमा प्रवेश, मौसम सुब्बाको ह्याट्रिक
- १२ औं रारा गोल्डकपमा चर्च ब्वाइज क्लब सेमिफाइनलमा प्रवेश
- १२ औं रारा गोल्डकप: डिफेन्डिङ च्याम्पियन सहलेस पेनाल्टीमा पराजित, बिर्तामोड युनाइटेड सेमिफाइनलमा
- १२ औं रारा गोल्डकप: एल एक्स सिटी फुटबल क्लब सेमिफाइनलमा