सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका–४ मुर्गियामा प्रथम आदर्श कप नाईन ए साईड नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । आदर्श युवा क्लब, सैनामैना–४ मुर्गियाको आयोजनामा यहि माघ ३ गतेदेखि प्रतियोगिता शुरु हुने प्रतियोगिता संयोजक बिकास बस्नेतले जानकारी दिए ।
सैनामैना–४ लहरेपिपल चोक स्थित आयोजक क्लब कै खेलमैदानमा आयोजना हुन गईरहेको प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाउने समेत प्रतियोगिता संयोजक बस्नेतले बताए ।
मुर्गिया फुटबल क्लब, सैनामैना–४ को विशेष सहयोग रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३१,१११ रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष कोषराज बस्नेतले बताए । साथै प्रतियोगितामा अन्य विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष बस्नेतले जानकारी दिए ।
फुटबलले स्थानीय युवाहरुबीच भाईचारा र स्वस्थ प्रतिस्पर्धासँगै आन्तरिक खेलकुदको विकासमा पनि सहयोग पुग्ने अध्यक्ष बस्नेतले बताए । प्रतियोगिता यस बर्ष शुरुवात भए तापनि आगामी दिनहरुलाई यसलाई निरन्तरता दिएर राष्ट्रियस्तर मै परिचित बनाउने आफूहरुको उद्देश्य रहको समेत प्रष्ट्याए ।
“समाज परिवर्तनका लागि युवा” भन्ने मूल नाराका साथ स्थापित आदर्श युवा क्लबले खेलकुदसँगै समाजका अन्य उत्तरदायित्वहरुलाई पनि वहन गर्दै आएको अध्यक्ष बस्नेतले खुलाए ।
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने