
फेदाप । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका वडा नम्बर ३ जलजले तोक्मा तीनधारेमा जारी चौथो केलाङ मेला खुल्ला पुरूष फुटबलमा आयोजक मुनाल युथ क्लब र जि.सि.२२ जलजले सेमिफाइनल प्रवेश गरेका छन ।
बुधबार सम्पन्न पहिलो क्वाटर फाइनलमा खाम्लालुङ एफसीलाई पेनाल्टि सुट आउटमा ४-२ गोल अन्तरले पराजित गर्दै आयोजक मुनाल सेमिफाइनलमा पुगेको हो ।
निर्धारित समयमा दुबै टिमबाट एक एक गोलको बराबरी भएपछि नतिजा पेनाल्टि सुट आउट मार्फत निकालिएको थियो ।
खेलको पहिलो हाफमा खाम्लालुङले राजन लिम्बुको गोल मार्फत अग्रता लिए पनि दोस्रो हाफमा मुनालका रेमन खापुङले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए ।
त्यस्तै बुधबार नै सम्पन्न दोस्रो क्वाटर फाइनलमा छथर गाउँपालिका विरूद्ध ७-२ गोलको फराकिलो अन्तरले जित निकाल्दै जि.सि.२२ जलजले सेमिफाइनल पुगेको हो ।
जि.सि.२२ का लागि रोशन बर्देवाले चार र रोशन माझिले तीन गोल गरे । छथर गाउँपालिकाका लागि बिक्रम लिम्बु र सन्देश लिम्बुले एक एक गोल गरे ।
प्रतियोगिताको तेस्रो दिन बिहीबार क्वाटर फाइनलका अन्तिम दुई खेल सन्तालन हुने खेल तालिका रहेको छ ।
क्वाटर फाइनलको तेस्रो खेलमा खेलकुद बिकास समिति सिम्ले र चुलाचुली स्पोर्टिङ क्लब दमक झापा भिड्नेछन भने अन्तिम क्वाटर फाइनलमा जिरीखिम्ति युथ क्लब र सम्दु एफसी बिचको प्रतिस्पर्धा रहनेछ ।
बैशाख २३ गते देखि सुरू प्रतियोगिताको फाइनल खेल बैशाख २९ गते हुनेछ ।
आठ टिम सहभागी रहेको खुल्ला पुरूष तर्फको विजेताले २ लाख २ हजार ८२ रुपैया सहित तीन वर्षे रनिङ ट्रफि प्राप्त गर्नेछ । उक्त पुरस्कार ललिता हुक्पा चोङवाङ सिंगकले प्रायोजन गर्नु भएको छ ।
उपविजेताले १ लाख ११ हजार ८२ रुपैया सहित ट्रफि प्राप्त गर्नेछन ।प्रायोजक शम्सेर तुम्बाहाङफे हुनुहुन्छ ।
त्यस्तै खुल्ला महिला तर्फको बिजेताले ४० हजार ८२ रूपैया सहित तीन वर्षे रनिङ ट्रफि जसलीई प्रायोजन स्वर्गीय बाजे बल बहादुर बस्नेतको स्मृतीमा देवेन्द्र बस्नेतले प्रायोजन गर्नु भएको छ ।उपविजेताले २५ हजार ८२ रूपैया सहित ट्रफि प्राप्त गर्नेछ जसलाई सन्देश सम्बाहाम्फेले प्रायोजन गर्नु भएको छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी,उत्कृष्ट डिफेन्स,उत्कृष्ट गोल रक्षक, हाई स्कोररलाई उचित पुरस्कार साथै दोस्रो चरणबाट म्यान अफ दि म्याचको व्यवस्था समेत रहेको बताइएको छ ।
मुनाल युवा क्लब र मुनाल खेलकुद विकास समितिको आयोजनामा बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा विगत वर्षहरूमा झै यो वर्ष पनि केलाङ मेलामा खेलकुदका साथै सॉस्कृतिक कार्यक्रम पनि सन्चालन गरिने अध्यक्ष मोहन सिंह सिंगकले जानकारी दिए ।
स्थानीय जातजातिको पहिचान झल्कने झॉकिहरू यालाङ,केलाङ,डम्फुनाच,साकेला,संगीनी,नौमती बाजा,लोक दोहोरी,मारुनी नाच,छेलो हान्ने,तोङ आप्मा,डोरी तान्ने तथा खुल्ला नृत्य प्रतियोगिता सन्चालन हुने बताइएको छ।
मेलामा फेदाप गाउँपालिकाको आर्थीक सहयोग रहेको छ ।
- तेह्रथुमको जलजलेमा केलाङ मेला खुल्ला पुरूष तथा महिला फुटबल प्रतियोगिता शुरू
- तेह्रथुमको जलजलेमा बैशाख २३ देखि खुल्ला पुरूष तथा महिला फुटबल प्रतियोगिता हुने
- मदन मेलाको उपाधिःपुरूष तर्फ सोधुङ सेन्दाङ र महिला तर्फ म्याङलुङ स्पोर्टिङलाई
- उपाधिका लागि सोधुङ सेन्दाङ र आठराई गाउँपालिका भिड्ने
- आठराई मदनमेलाको पुरूष तथा महिला फुटबलको सेमिफाईनल समिकरण पूरा