
नेपाली यु–१९ महिला टोलीका प्रशिक्षक हरिओम श्रेष्ठले शुक्रबार एएफसी यु–१९ महिला च्याम्पियनसिप छनौटतर्फ भारतविरुद्ध दुई गोल गरेकी रेखा पौडेलको प्रशंसा गरेका छन् ।
थाइल्याण्डमा जारी छनौट खेलतर्फ समूह बी मा रहेको नेपालले शुक्रबार महत्वपूर्ण मानिएको खेलमा भारतलाई २–० ले हराएको थियो । यो जितपछि दोस्रो चरणमा पुग्ने नेपालको सम्भावना पनि कायम रहेको छ ।
खेलपश्चात पत्रकार सम्मेलनमा बोल्दै नेपालका प्रशिक्षक श्रेष्ठले भने, “खेलाडीहरुले राम्रो खेले । हामीले आफ्नो क्षमता अनुसार खेले भारतलाई हराउन सक्छौं भन्ने हामीलाई थाहा थियो । हाम्रो लागि रेखा (पौडेल) ले खेल जितिन् । दोस्रो हाफमा उनले उत्कृष्ट प्रदर्शन गरिन् । हाम्रो ध्यान अब पाकिस्तान विरुद्धको खेलमा केन्द्रित गर्नेछौं ।”
साथै प्रशिक्षक श्रेष्ठले यसै महिना भुटानमा सम्पन्न साफ यु–१८ च्याम्पियनसिपतर्फ पाकिस्तानलाई १२–० ले हराएकोले यस प्रतियोगितामा पनि पाकिस्तानलाई हराउँदै दोस्रो चरणका लागि छनौट हुने विश्वास व्यक्त गरे । नेपालले समूह बी तर्फ आफ्नो अन्तिम खेल आइतबार पाकिस्तान विरुद्ध खेल्दैछ । पाकिस्तानले आफ्नो पहिलो खेलमा भारतसँग ०–१८ को हार बेहोरेको थियो ।
उता भारतका प्रशिक्षक एलेक्स एम्ब्रोसले नेपाल आजको खेलमा जितको हकदार रहेको प्रतिक्रिया दिए ।
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)