News थेसो फुटबल क्लबले तेस्रो इक्सान कपको उपाधि जित्यो
गोलनेपाल

तेस्रो संस्करणको इक्सान कप फुटबल प्रतियोगिता थेसो फुटबल क्लबले जितेको छ। छल्लाबोक्दो, इक्सानमा सम्पन्न फाइनल खेलमा थेसो एफसीले जेएनएफसीलाई पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाएको हो।

प्रतिस्पर्धात्मक फाइनल खेलमा थेसो एफसीका दिवस गिरीले दुई गोल गर्दै टिमको जितमा निर्णायक भूमिका खेले। उनको उत्कृष्ट प्रदर्शनकै कारण थेसो एफसीले उपाधिसँगै ३५ लाख कोरियन वन नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो। उपविजेता जेएनएफसीले भने २० लाख कोरियन वन, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो।

प्रतियोगितामा विभिन्न विधागत पुरस्कारहरू पनि प्रदान गरिएको थियो:

  • उत्कृष्ट गोलकिपर: किशोर लिम्बु (थेसो एफसी)

  • उत्कृष्ट डिफेन्डर: निरज जङ कार्की (JNFC)

  • उत्कृष्ट मिडफिल्डर: रोनिङ राई (JNFC)

  • उत्कृष्ट फरवार्ड: सुनिल चाम्लिङ राई (JNFC)

  • राइजिङ प्लेयर: मार्सल लामा (ख्वाङजु)

  • सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट खेलाडी: दिवस गिरी (थेसो एफसी)

  • उत्कृष्ट प्रशिक्षक: ईश्वर देवकोटा (नोन्सान एफसी)

प्रत्येक विधागत विजेताले जनही १ लाख कोरियन वन, ट्रफी र मेडल प्राप्त गरेका छन्।

त्यस्तै, सेमिफाइनलमा पुगेका मोक्पो र ख्वाङजु फुटबल क्लबले समानरूपमा ४ लाख कोरियन वन पुरस्कार प्राप्त गरे। अनुशासित टिमको रुपमा कञ्चनजंगा एफसीलाई सम्मान गरिएको छ। प्रतियोगिता संयोजक विवेक गुरुङले सो जानकारी दिएका हुन्।

Niraj Karki
Korea, GoalNepal.com

Post Comments