
सुन्दरहरैँचा तेस्रो मेयर कपको उपाधि आयोजक टिम सुन्दरहरैँचालाई
GoalNepal समाचार डेस्क, सुन्दरहरैँचा
तेस्रो संस्करणको मेयर कप फुटबल प्रतियोगिता आयोजक टिम सुन्दरहरैँचा नगरपालिकाले नै उपाधि चुम्न सफल भएको छ। शनिवार सुन्दरहरैँचा नगरपालिका वडा नं. १ स्थित पचाम खेल मैदानमा सम्पन्न फाइनल खेलमा पथरीशनिश्चरे नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै सुन्दरहरैँचाले उपाधि आफ्नो पक्षमा पारेको हो।
खेलको ११औं मिनेटमा पथरीशनिश्चरेका जर्सी नं. १० नीरज परियारले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर खेलको ३१औं मिनेटमा सुन्दरहरैँचाका जर्सी नं. १२ आसिस वनले गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यसको केही मिनेटमै, जर्सी नं. १३ पूजन चौधरीले निर्णायक गोल गर्दै सुन्दरहरैँचालाई जित दिलाए।
प्रतियोगिताको विजेता बनेको सुन्दरहरैँचाले रु.४ लाख नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता पथरीशनिश्चरेले रु.२ लाख नगदसहित अन्य सम्मान पायो।
मेन अफ द म्याच सुन्दरहरैँचाका पूजन चौधरी घोषित भए, जसले रु.२५०० नगद प्राप्त गरे। अन्य विधागत पुरस्कारहरू यस प्रकार छन्:
-
बेस्ट फरवार्ड: सौर्य रावत (पथरीशनिश्चरे)
-
बेस्ट मिडफिल्डर: विवश गुरुङ (सुन्दरहरैँचा)
-
बेस्ट डिफेन्डर: विजय राई
-
बेस्ट गोलकिपर: रोशन कार्की
-
सर्वाधिक गोलकर्ता: पूजन चौधरी
उनीहरूले जनही रु.५००० नगदसहित ट्रफी पाए।
मेन अफ द सिरिज घोषित भएका सुन्दरहरैँचाका सुजन चौधरीले रु.१०,००० नगद प्राप्त गरे।
प्रतियोगिता सुन्दरहरैँचा खेलकुद विकास समितिका सदस्य सचिव खड्क बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो।