News बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
गोलनेपाल

विदुर । नुवाकोट जिल्ला खेलकुद विकास समितिको मुख्य आयोजना तथा नुवाकोट जिल्ला फुटबल संघ सहयोगमा अर्को साता बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने भएको छ ।

बागमती प्रदेश खेलकुद परिषदले मुख्य संरक्षक र विदुर नगरपालिका संरक्षक रहने प्रतियोगितामा ३ विभागीय टोलीसहित ८ टोलीको सहभागिता रहनेछ ।

वैशाख १३ देखि २० गतेसम्म बट्टार स्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसको फुटबल मैदानमा हुने प्रतियोगिताको विजेताले ५ लाख र हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने नुवाकोट जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङले जानकारी दिए । प्रतियोगिताको हरेक खेलको प्लेयर अफ दि म्याच, विधागत उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने बताइएको छ ।

प्रतियोगितामा एपिएफ, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब, गण्डकी प्रदेश संघ, रौतहट , पद्म स्पोर्टसको सहभागिता निश्चित भएको छ । एउटा टोलीको केहि दिनमा टुंगो लाग्ने बताइएको छ ।

दर्शकका लागि अस्थायी प्यारापिट निर्माण गरिने पनि अध्यक्ष गुरुङले जानकारी दिए । पत्रकार सम्मेलनमा नुवाकोट जिल्ला फुटबल संघका अध्यक्ष देवनारायण चित्रकारको पनि उपस्थिति थियो ।

Post Comments