News
एनआरटीमा सुन्दर नरसिंह जोशी कै नेतृत्व
काठमाडौं । देश कै पुरानो क्लब मध्ये एक काठमाडौं खेल मण्डल (एनआरटी) को अध्यक्षमा पूनः सुन्दर नरसिंह जोशी नै निर्वाचित भएका छन् ।
त्रिपुरेश्वर स्थित वोगनभिल्ला व्यान्क्वेटमा सम्पन्न वार्षिक साधारणसभाबाट लगातार तेस्रो कार्यकालका लागि जोशी निर्वाचित भएका हुन् । जोशीले खसेको ९१ मध्ये ७५ मत प्राप्त गर्दै विजयी बनेका हुन् ।
त्यस्तै क्लबको उपाध्यक्षमा नविन सुवाल, महासचिवमा सतिष कृष्ण श्रेष्ठ, कोषाध्यक्षमा अनुज सिंह प्रधान र सचिवमा सुरेन्द्र कुमार श्रेष्ठ निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा सुनिलभक्त जोशी, अमर श्रेष्ठ, मुरारी केसी, श्याम माली, अगम मान गुभाजु र राजेन्द्र शाक्य क्लबको नयाँ समितिमा आगामी दुई वर्षका निर्वाचित भएका छन् ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न