News
पाँचौं अध्यक्ष कप : केराबारी ३ को महिला टोली र पुरुष टोली नै सेमिफाइनलमा
केराबारी | पाँचौं अध्यक्ष कपतर्फ आजको पहिलो खेलमा महिलातर्फ केराबारी ३ ले ३-० को अन्तरले केराबारी ६ लाई हराउँदै सेमीफाइनल मा प्रवेश गरेको छ। त्यसैगरी पुरुषतर्फ भएको खेलमा पनि केराबारी ३ ले ४-० को फराकिलो अन्तरले हराउँदै सेमीफाइनलको यात्रा गरेको छ।
सोमबार भएको महिलातर्फको खेलमा Women अफ दि म्याच चन्द्रकला थापा मगर घोषित भएकी थिन्। त्यसैगरी पुरुषतर्फको खेलमा म्यान अफ दि म्याच भने सुमन रोक्का घोषित भएका थिए। सुमन रोक्काले उक्त खेलमा दुई गोल गर्न सफल भएका थिए।
प्रतियोगिता अन्तर्गत चैत २६ गते मंगलबार महिलातर्फ केराबारी २ भर्सेस केराबारी १० हुने। त्यसैगरी पुरुषतर्फ भने केराबारी ५ को खेल हुने आयोजकले जानकारी दिएको छ।
Post Comments
Related News
- तेस्रो पथरी शनिश्चरे गोल्डकपको मिति घोषणा
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय