News मसुरिया एफएलाई यु–२० वडा अध्यक्ष कपको उपाधि
गोलनेपाल

सुखड । प्रभावशाली जितका साथ यहाँ सम्पन्न वडा अध्यक्ष कप यु–२० नकआउट फुटबल प्रतियोगिताको उपाधि मसुरिया फुटबल एकेडेमीले जितेको छ ।

शनिबार सम्पन्न फाइनल भिडन्तमा मसुरियाले लम्की फुटसल एण्ड ट्रेनिङ सेन्टरलाई २–० ले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।

विजेता बनेको मसुरियाले उपाधिसहित नगद ५० हजार हात पार्यो भने उपविजेता लम्की फुटसल एण्ड ट्रेनिङ सेन्टरले ३५ हजारसहित ट्रफी, मेडलमा चित्त बुझायो ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी घोडाघोडी नगरपालिका वडा नम्बर १ का अध्यक्ष घनश्याम ओझा, आयोजक घोडाघोडी क्लबका अध्यक्ष होम तामाङ लगायतले पुरस्कृत गरेका थिए ।

Post Comments