News
१५औं जितपुरसिमरा गोल्डकपको खेलतालिका सार्वजनिक
जितपुरसिमरा । “जितपुरसिमरा उपमहानगरपालिकाको पहिचान हाम्रो गौरव” भन्ने नाराका साथ यही चैत्र २२ देखि २९ गतेसम्म हुने १५औं जितपुरसिमरा गोल्डकपको खेलतालिका सार्वजनिक गरिएको छ ।
सिमरा रंगशालामा कृत्रिम प्रकाश (फ्लड लाईट) मा रात्रीकालिन रुपमा हुने प्रतियोगिताको उद्घाटन खेलमा चैत्र २२ गते शुक्रबारका दिन हनामी बिएफसी, चितवन र सलहेश युवा क्लब, सिरहा भिड्ने छन् ।
नव जनजाृति युवा क्लब, जितपुरसिमरा, बाराको आयोजना तथा जितपुरसिमरा उपमहानगरपालिकाको विशेष सहयोगमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले बताए ।
Post Comments
Related News
- बकुलिया युवा क्लबलाई तेस्रो करैयामाई गोल्डकपको उपाधि
- महिला मैत्रीपूर्ण खेलमा रौतहट जिल्ला फुटबल संघको सानदार जित
- बकुलिया युवा क्लब र नव जन जाग्रिति युवा क्लब तेस्रो करैयामाई गोल्डकपको फाइनलमा भिड्ने
- बकुलिया युवा क्लब र नव जन जाग्रिति युवा क्लब तेस्रो करैयामाई गोल्डकपको फाइनलमा भिड्ने
- नव जन जागृति युवा क्लब तेस्रो करैयामाई गोल्डकपको पहिलो फाइनलिस्ट