News
सहयोगी र मसुरिया क्वाटरफाइनलमा
सुखड । सहयोगी बेलुका युवा क्लब र मसुरिया फुटबल एकेडेमी यहाँ जारी वडा अध्यक्ष यु–२० नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
घोडाघोडी खेलमैदानमा भएको पहिलो खेलमा सहयोगीले बिएस–१५ फुटबल क्लबलाई १–० ले हरायो । खेलमा सहयोगीका पवन शाही म्यान अफ दि म्याच घोषित भए ।
त्यस्तै दोस्रो खेलमा मसुरियाले संघर्ष स्पोर्टस क्लबलाई टाईब्रेकरमा हरायो । निर्धारित समयको खेल २–२ को बराबरीमा टुंगिएपछि टाईब्रेकरमा मसुरियाले संघर्षमाथि ५–४ को जित निकाल्यो । खेलमा मसुरियाका बिरेन्द्र सुनवार म्यान अफ दि म्याच चुनिए ।
घोडाघोडी क्लब, सुखड, कैलालीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र २३ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- सुर्मादेवी महिला च्याम्पियन, ईलाईटले जित्यो पुरुष उपाधि
- महिलातर्फ सुर्मादेवी र पुरुषतर्फ संघर्ष फाइनलमा
- पुरुषतर्फ ईलाईट फाइनलमा, महिलातर्फ न्यू कालिकाको शानदार जीत; सोमबार अन्तिम सेमिफाइनल
- सुदूरपश्चिम प्रहरी र नमोबुद्ध सेमिफाइनलमा
- युवा सुन्दर शक्ति र ईलाईट पुरुष क्वार्टरफाइनलमा, सुर्मादेवी महिला सेमिफाइनलमा