News
आर्मीका युद्ध र दिपाको पदोन्नती
काठमाडौं । नेपाली फुटबलका दुई नक्षत्रद्वय फुटबल खेलाडी हुँदै टिम व्यवस्थापक बनेका युद्ध शाही र राष्ट्रिय महिला खेलाडी दिपा राईको सेनामा पदोन्नती भएको छ ।
त्रिभुवन आर्मी फुटबल क्लबको पूर्व खेलाडी तथा हाल आर्मी कै महिला फुटबल टिमको व्यवस्थापक रहेका युद्ध जमदारबाट सुबेदार पदमा पदोन्नति भएका हुन् ।
त्यस्तै नेपाली महिला फुटबल टोलीकी पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा आर्मीको महिला फुटबल टिमकी नियमित सदस्य समेत रहेकी दिपा राई हवल्दारमा पदोन्नति भएकी छिन् ।
सेनामा बढुवा भएपछि दुवैले उत्साह र खुशी व्यक्त गरे । फुटबल मै लागेर देशको सेवा गर्न पाउनु र यो उपलब्धी हासिल गर्नुलाई आफूहरुले एउटा विशेष क्षणका रुपमा लिएको समेत प्रतिक्रिया दिए ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न