News लेटाङ एफसी सेमिफाइनलमा
गोलनेपाल

बिराटनगर । लेटाङ फुटबल क्लब यहाँ जारी पाँचौं जुट मिल्स गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा लेटाङले लालीगुराँस स्र्पोटिङ क्लबलाई टाईब्रेकरमा हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो । जुट मिलको खेलमैदानमा भएको निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि टाईब्रेकरमा लेटाङले लालीगुराँसमाथि ४–२ को जित निकाल्दै सेमिफाइनल यात्रा तय गर्न सफल भयो ।

खेलमा लेटाङका गोलरक्षक पुर्ण चेम्जोङ म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत चैत ७ गते बिहीबारको पहिलो सेमिफाइनल खेल फ्युजन फुटबल क्लब, गाईघाट र टिएफसी, सुनसरीबीच हुने आयोजकले जानकारी दियो ।

मिल्स गोल्डकप फुटबल ट्रष्ट, बिराटनगर, मोरङको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल भने यही चैत्र १० गतेका दिन हुनेछ ।

Post Comments