
कालाबञ्जर । द योङ ब्रदर्श क्लब, इटहरीजारी आठौं भरौल गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
पहिलो सेमिफाइनलतपर्ः द योङ ब्रदर्शले हनामी भरतपुर फुटबल क्लब, चितवनलाई ४–२ ले हराउँदै उपाधि नजिक पुगेको हो । द योङ ब्रदर्शको जितमा बफोर, फोफोना, एलेक्स र मौसम लिम्बुले गोल गरे । पराजित भरतपुरका लागि भने इटो र प्रवेश दनुवारले गोल गरेका थिए ।
खेलमा द योङ ब्रदर्शका सबिन घिमिरे म्यान अफ दि म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तर्गत चैत ७ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल कञ्चनजंघा फुटबल क्लब, सिलिगुढी, भारत र नेपाल पुलिस क्लब, काठमाडौंबीच हुने आयोजकले जानकारी दियो ।
न्यु स्टार क्लब, बराहक्षेत्र–५, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र ९ गतेका दिन हुनेछ ।