News बिग बुद्ध सेमिफाइनलमा, इलिटलाई पनि सफलता
सुरज राना मगर

बभनी । बिग बुद्ध फुटबल क्लब, सुनवल रुपन्देहीमा जारी स्व. भिम बहादुर खड्का स्मृति पाँचौं न्यु राईज कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको पहिलो क्वाटरफाइनलतर्फ बिग बुद्धले नव टिकुलीगढ युवा क्लब, तिलोत्तमालाई २–० ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । खेलमा बिग बुद्धका लागि सुलभ लामा र सुशान्त ठकुरीले गोल गरे । बिग बुद्ध कै सुलभ लामा म्यान अफ दि म्याच समेत चुनिए ।

शनिबार नै भएको प्रिक्वाटरफाइनल खेलतर्फ इलिट एकेडेमीले समपुर्ण युवा क्लबलाई ३–० ले हरायो । इलिटका लागि सरोज पनेरु, रबिन थापा र सुन्दर बगालेले गोल गरे । खेलमा इलिट कै गोलकर्ता सुन्दर बगाले म्यान अफ दि म्याच समेत घोषित भए ।

प्रतियोगिता अन्तर्गत चैत ३ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल दुर्गानगर फुटबल क्लब र आयोजक न्यु राईज युथ क्लबबीच हुने खेल संयोजक योगराज क्षेत्रीले जानकारी दिए ।

न्यु राईज युथ क्लब, तिलोत्तमा–१३, बभनी, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८० हजार हात पार्नेछ भने उपविजेताले ४५ हजार प्राप्त गर्नेछ । फाइनल खेल भने चैत ९ गतेका दिन हुनेछ ।

Post Comments