News
तेस्रो नेपाल सुपर लिगको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा ललितपुर र काठमाडौंको भिडन्त

काठमाडौं । बहुप्रतिक्षित नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको खेलतालिका सार्वजनिक गरिएको छ । उद्घाटन खेलमा चैत १६ गतेका दिन साविक विजेता ललितपुर सिटी फुटबल क्लब र पूर्व विजेता काठमाडौं रेजर्स फुटबल क्लब भिड्ने छन् ।
लिग चरण पश्चात् क्वालिफायर १ बैशाख ६ गते हुनेछ भने क्वालिफायर २ बैशाख ७ गतेका दिन हुनेछ । इलिमिनेटर म्याच भने बैशाख १० गतेका दिन हुनेछ । फाइनल र समापन बैशाख १३ गते हुनेछ ।
खेलतालिकामा खेल आयोजना स्थलबारे भने खुलाइएको छैन । सम्भवत दशरथ रंगशाला मै हुनेछन् । यद्यपि केही खेलहरु पोखरा रंगशालामा पनि हुने चर्चा छ ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै