News
जर्जियन एफसी इनरुवा गोल्डकपको सेमिफाइनलमा

इनरुवा । भारतीय टोली जर्जियन फुटबल क्लब यहाँ जारी इनरुवा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।
बिहीबार भएको अन्तिम क्वाटरफाइनलतर्फ जर्जियनले गाईघाट फुटबल क्लबलाई ३–० ले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने अन्तिम टोली बनेको हो । जर्जियनको जितमा सत्यम शर्मा, देवासिस राय र कुन्जमान थापाले गोल गरे । खेलमा जर्जियन कै सत्य शर्मा म्यान अफ दि म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत चैत २ गते शनिबारको पहिलो सेमिफाइनल खेल आयोजक इनरुवा फुटबल क्लब र एपिएफ क्लबबीच हुने आयोजकले जानकारी दियो ।
इनरुवा फुटबल क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल चैत्र ५ गतेका दिन हुनेछ ।
Post Comments