
बभनी । दुर्गानगर फुटबल क्लब यहाँ जारी स्व. भिम बहादुर खड्का स्मृति पाँचौं न्यु राईज कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिताको प्रिक्वाटरफाइनलतर्फ दुर्गानगरले शिवपुर फुटबल क्लबलाई १–० ले हराउँदै क्वाटरफाइनल स्थान सुरक्षित गरेको हो । दुर्गानगरको जितमा अस्मित शर्माले एक मात्र निर्णायक गोल गरे । खेलको म्यान अफ दि म्याच भने दुर्गानगर कै रोहन केसी चुनिए ।
प्रतियोगिता अन्तर्गत फागुन २९ गते बिहीबारको प्रिक्वाटरफाइनल खेल नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपल र आर.के.एफसी, दल्का बीच हुने खेल संयोजक योगराज क्षेत्रीले जानकारी दिए ।
न्यु राईज युथ क्लब, तिलोत्तमा–१३, बभनी, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८० हजार हात पार्नेछ भने उपविजेताले ४५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल आउँदो चैत्र ९ गतेका दिन हुनेछ ।