काठमाडौं । मंगलबार सम्पन्न एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाईज युनाइटेडले जितेको छ । २० खेलबाट ५० अंक जोडेको चर्च ब्वाईज शिर्ष स्थानमा रहेर च्याम्पियन बन्यो । विजेता चर्च ब्वाईजले उपाधिसहित नगद १ लाख हात पार्यो ।
दोस्रो स्थानमा ४८ अंकसहित एपिएफ फुटबल क्लब रहयो । एपिएफले लिगको अन्तिम खेलमा नेपाल पुलिस क्लबमाथि ५–४ को रोमाञ्चक जित निकाल्दै लिगतालिकाको दोस्रो स्थानमा रहेर प्रतियोगिताको सुखद समापन गर्न सफल भयो । तेस्रो स्थानमा भने ४२ अंक जोडेको फ्रेण्डस क्लब रह्यो ।
त्रिभुवन आर्मी फुटबल क्लब प्रतियोगिताको फेयर प्ले टिम बन्यो । थ्रीस्टारका सृजन श्रेष्ठ प्रतियोगिता कै सर्वश्रेष्ठ खेलाडी घोषित भए । सर्वाधिक गोलकर्ताको पुरस्कार भने एपिएफका तेन्जिङ शेर्पाले हात पारे । उत्कृष्ट गोलरक्षक भने चर्च ब्वाईजका पास्कल बस्नेत चुनिए । उत्कृष्ट बनेका सबैले जनही १५–१५ हजार र ट्रफी हात पारे ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा