
काठमाडौं । नेपालको चर्चित टेलिकम कम्पनी एनसेलले अर्को महिना शुरु हुने बहुप्रतिक्षित तेस्रो नेपाल सुपर लिग (एनएसएल) को टाईटर स्पोन्सर गरेको छ । एनसेलले सुपर लिगसँग यसअघिका संस्करणहरुमा पनि सहकार्य गरे तापनि टाईटल स्पोन्सरका रुपमा भने पहिलोपटक अघि सरेको हो ।
नेपाल सुपर लिगका म्यानेजिङ डाइरेक्टर श्रेयांस कार्कीले एनसेलसँगको सहकार्यले आफूहरु निकै उत्साहित रहेको बताएका छन् । साथै उनले एनसेलले गरेको यो प्रायोजनले नेपाली फुटबललाई नयाँ उचाईमा पुर्याउन र बलियो फुटबल सँस्कृति निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
स्मरण रहोस, तेस्रो नेपाल सुपर लिग आउँदो चैत्र १६ गतेदेखि हुँदैछ । यसपटक लिगमा कुल सात टोलीहरुले सहभागिता जनाउँदैछन् । जसमा काठमाडौं रेजर्स, झापा एफसी, ललितपुर सिटी एफसी, धनगढी एफसी, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र चितवन एफसी रहेका छन् ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै