News दुहबी मेयर कपः वार्ड नम्बर ७ सेमिफाइनल प्रवेश गर्ने अन्तिम टोली
गोलनेपाल

दुहबी । साँघुरो अन्तरको जित निकाल्दै वार्ड नम्बर ७ यहाँ जारी सातौं दुहबी मेयर कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

प्रतियोगिताको चौथो क्वाटरफाइनलतर्फ वार्ड नम्बर ७ ले वार्ड नम्बर १ लाई शून्यका विरुद्ध १ गोलले हरायो । वार्ड नम्बर ७ को जितमा अंकित चौधरीले एक मात्र निर्णायक गोल गरे । खेलको म्यान अफ दि म्याच भने वार्ड नम्बर ७ कै अमित चौधरी घोषित भए ।

प्रतियोगिता अन्तर्गत फागुन १२ गते सोमबारको पहिलो सेमिफाइनल खेल वार्ड नम्बर ८ र वार्ड नम्बर १० बीच हुने आयोजकले जानकारी दियो ।

दुहबी नगरपालिकाको आयोजना तथा इलेभन एरोज क्लब, दुहबीको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १५ गतेका दिन हुनेछ ।

Post Comments