काठमाडौं । आइतबारदेखि शुरु भएको केपी ओली कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले विजयी शुरुवात गरेको छ ।
एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा एपिएफले दावेदार मानिएको ब्ल्याक बुल्स फुटबल क्लब, उज्वेकिस्तानलाई टाईब्रेकरमा हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि टाईब्रेकरमा एपिएफले ४–३ ले नतिजा आफ्नो पक्षमा पारेको हो ।
एपिएफले अब १३ गते हुने क्वाटरफाइनलमा संकटा फुटबल क्लबसँग खेल्ने छ । प्रतियोगिता अन्तर्गत फागुन १२ गते सोमबार दुई खेलहरु हुनेछन् । एन्फा कम्प्लेक्स मै हुने पहिलो खेलमा ११ बजे त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्ने छन् भने ३ बजे हुने दोस्रो खेलमा केपी ओली एफसी र न्युरोडटिम (एनआरटी) भिड्ने छन् ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १९ गतेका दिन हुनेछ ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न