News
हिलारी र बेस्ट ग्रुप फाइनलमा भिड्ने

काठमाडौं । हिलारी र बेस्ट ग्रुप भिजन नवौं अर्किड कप सेभेन ए साइड अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । दुवै पेनाल्टी सुटआउटमा विजयी भए ।
पहिलो सेमिफाइनलमा हिलारीले ग्रिन विचलाई २–० गोलले पराजित गर्यो । निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएको थियो ।
काँडाघारीस्थित अर्किडको आयोजनमा भइरहेको प्रतियोगिताको दोश्रो सेमिफाइनलमा बेस्ट ग्रुपले हाइली क्रिएटिभलाई ४–३ गोलले हरायो । निर्धारित समयमा दुवैले १–१ गोलको बराबरी खेले । फाइनल शनिबार हुँदैछ ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- जेसी ब्रदर्शलाई डि युनिटी कप यु–२० फुटबल प्रतियोगिताको उपाधि
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय