News कोशी प्रदेश प्रिमियर लिगको सुपर लिग चरण शुरु, शुरुवाती दुई खेलहरु बराबरीमा सकिए
गोलनेपाल

धरान । आइतबारदेखि शुरु भएको कोशी प्रदेश प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत सुपर लिग चरणको शुरुवाती दुई खेलहरु बराबरीमा सकिएका छन् ।

धरान रंगशालामा भएको पहिलो खेलमा ब्ुइपा–११ फुटबल क्लब, खोटाङ र पाँचथर युनाइटेड फुटबल क्लब, पाँचथरले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । खेलमा बुइपाका लागि पबिन्द्र राईले गोल गरे भने पाँचथरका लागि सुशिल लावतीले गोल गरेका थिए । खेलमा बुइपाका पबिन राई म्यान अफ दि म्याच चुनिए ।

अर्को खेलमा देउराली फुटबल क्लब, धनकुटा र गाईघाट फुटबल क्लब, उदयपुरले गोलरहित बराबरी खेल्दै अंक बाँडे । खेलमा देउरालीका विश्व लिम्बु म्यान अफ दि म्याच घोषित भए ।

त्यसअघि सुपर लिग चरणको उद्घाटन कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाचकर्ण राईले गरेका थिए । प्रतियोगिता अन्तर्गत फागुन ५ गते सोमबारको पहिलो खेल १ बजे गाइघाट फुटबल क्लब, उदयपुर र बुइपा–११ फुटबल क्लब, खोटाङबीच हुनेछ भने दोस्रो खेल ३ बजे देउराली फुटबल क्लब, धनकुटा र पाँचथर युनाइटेड फुटबल क्लब, पाँचथरबीच हुनेछ ।

Post Comments