News सगरमाथा युथ सेमिफाइनलमा
गोलनेपाल

इटहरी । सगरमाथा युथ क्लब, मोरङ जारी कन्ट्रोल १५औं इटहरी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको दोस्रो क्वाटरफाइनलतर्फ सगरमाथाले न्युरोडटिम (एनआरटी) लाई १–० को झिनो अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने दोस्रो टोली बनेको हो ।

इटहरी रंगशालामा भएको खेलको छैठौं मिनटमा रिचार्डले गरेको एक मात्र गोल सगरमाथालाई सेमिफाइनल स्थान सुरक्षित गर्न निर्णायक गोल बन्यो । निर्णायक गोलकर्ता रिचार्ड नै खेलको म्यान अफ दि म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत फागुन ५ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल मच्छिन्द्र फुटबल क्लब, काठमाडौं र झापा–११ फुटबल क्लब, झापाबीच हुने आयोजकले जानकारी दियो ।

राष्ट्रिय जागृति क्लब, इटहरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १० गतेका दिन हुनेछ ।

 

Post Comments