News एसएसएफए लुम्बिनी च्याम्पियनसिपको फाइनलमा
गोलनेपाल

घोराही । कठिन जितका साथ एसएसएफए यहाँ जारी लुम्बिनी च्याम्पियनसिप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको पहिलो सेमिफाइनलमा एसएसएफएले आयोजक लुम्बिनी एफए (सेतो) लाई सडन डेथमा हराउँदै उपाधि नजिक पुगेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

आयोजक कै खेलमैदानमा भएको निर्धारित समयको खेलतर्फ एसएसएफएका लागि बिनोद केसीले गोल गरेका थिए भने लुम्बिनी एफएले आत्मघाती गोल उपहार पाएको थियो । यद्यपि सडन डेथमा एसएसएफएले नतिजा ५–४ ले आफ्नो पक्षमा पार्दै फाइनल प्रवेश गर्न सफल भयो ।

खेलमा एसएसएफएका गोलरक्षक प्रतिक सुनार म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत फागुन २ गते शुक्रबारको दोस्रो सेमिफाइनल खेल राईजिङ स्टार क्लब र बिएफएल बीच हुने आयोजकले जानकारी दियो ।

लुम्बिनी फुटबल एकेडेमी, दाङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल फागुन ३ गतेका दिन हुनेछ ।

Post Comments