News
लुम्बिनी च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

घोराही । लुम्बिनी फुटबल एकेडेमी, दाङको आयोजनामा यही माघ २८ गतेदेखि शुरु हुन गईरहेको लुम्बिनी च्याम्पियनसिप नकआउट फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ ।
लुम्बिनी फुटबल एकेडेमी कै खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा एस.एस.एफ.ए. र यु.एन.बि.सी. भिड्ने खेलतालिकामा उल्लेख छ । कुल आठ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल फागुन ३ गतेका दिन हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
साथै प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपालले सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।
Post Comments