
पोखरा । विभागीय टोली नेपाल पुलिस क्लब, काठमाडौं यहाँ जारी २४औं आहा! रारा पोखरा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको पहिलो क्वाटरफाइनलतर्फ पुलिसले ब्रिगेड ब्वाईज क्लब, युकेलाई २–० ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । पुलिसको जितमा विवेक पाण्डे र कप्तान राम वजीले गोल गरे ।
खेलमा पुलिसका राम वजी म्यान अफ दि म्याच समेत घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तर्गत माघ २७ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल थ्रीस्टार क्लब, ललितपुर र मच्छिन्द्र फुटबल क्लब, काठमाडौंबीच हुनेछ ।
सहारा क्लब, पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ६ लाख १ हजार प्राप्त गर्नेछ । फाइनल खेल फागुन ३ गतेका दिन हुनेछ ।
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने
- राजेन्द्र तामाङलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड